ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न 
बुद्धशान्ति–२ मा जोइन्ट हेन्ड युथ सोसाइटीको आयोजना तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा २०० भन्दा बढी सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिनुभएको छ। शिविरमार्फत स्वास्थ्य जाँच, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो, जसले समुदायका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। 

समुदायमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले समयमै रोग पहिचान तथा उपचारमा सकारात्मक योगदान पुर्याएको छ।
