Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य शिविर

    निःशुल्क स्वास्थ्य शिविर

    कनकाई–कोटिहोम

    कनकाई–कोटिहोममा पराजुली समाज नेपाल झापा समिति को आयोजना तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    यस कार्यक्रममा ९० भन्दा बढी सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिनुभएको छ। शिविरमार्फत आन्तरिक चिकित्सा, स्त्रीरोग, हाडजोर्नी तथा न्युरो सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। साथै, VIA (पाठेघर मुख क्यान्सर स्क्रिनिङ) तथा ECG जाँच सेवा समेत उपलब्ध गराइएको थियो, जसले समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ। 👩‍⚕️🩺

    समुदायमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्थानीय बासिन्दाहरूको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्‍याएको छ।