Loader Logo
Health Camp

तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली सचेतना कार्यक्रम

    तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली सचेतना कार्यक्रम

    सूर्योदय नगरपालिका–७, कन्याम, इलाम

    तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न 

    त्रिदेव मल्टिपल क्याम्पस, चारालीको आयोजनामा तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिका–७, कन्याम, इलामस्थित श्री कृष्णाश्रम माध्यमिक विद्यालयमा Stress Management & Healthy Lifestyle Awareness Session सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रममार्फत विद्यार्थी तथा सहभागीहरूलाई तनाव व्यवस्थापनका प्रभावकारी उपायहरू, मानसिक स्वास्थ्यको महत्व तथा स्वस्थ जीवनशैली अपनाउने सम्बन्धमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

    समुदाय र शैक्षिक संस्थासँग सहकार्य गर्दै मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना विस्तार गर्ने उद्देश्यसहित बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल निरन्तर प्रतिबद्ध रहेको छ।