Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य शिविर, VIA स्क्रिनिङ तथा सचेतना कार्यक्रम

    निःशुल्क स्वास्थ्य शिविर, VIA स्क्रिनिङ तथा सचेतना कार्यक्रम

    पाथीभरा टोल सुधार संस्था

    पाथीभरा टोल सुधार संस्था, विर्तामोड नगरपालिका वडा नं. ५ को आयोजनामा तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर, VIA स्क्रिनिङ (पाठेघर मुखको क्यान्सर परीक्षण) तथा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रममार्फत महिलाहरूलाई निःशुल्क रूपमा VIA स्क्रिनिङ सेवा, स्वास्थ्य परामर्श तथा क्यान्सरसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। यस कार्यक्रमले पाठेघर मुखको क्यान्सरको प्रारम्भिक पहिचान, रोकथाम तथा समयमै उपचारको महत्वबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    समुदायस्तरमै पुगेर गुणस्तरीय स्वास्थ्य सेवा, प्रारम्भिक रोग पहिचान तथा सचेतना विस्तार गर्ने उद्देश्यसहित यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल सधैं प्रतिबद्ध रहनेछ।