स्वस्थ दमक, उज्ज्वल दमक भन्ने मूल नाराका साथ बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, पूर्वाञ्चल क्यान्सर अस्पताल तथा दमक नगरपालिकाको संयुक्त सहकार्यमा दमक नगरपालिकाका वडाहरूमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियान सुरू भएको छ।
यस अभियानको पहिलो चरण अन्तर्गत दमक वडा नं. ७ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा सेवाग्राहीहरूले विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परामर्श, स्क्रिनिङ परीक्षण तथा आवश्यक सेवा प्राप्त गरेका थिए।
नगरवासीहरूमा रोग सम्बन्धी जानकारी, प्रारम्भिक पहिचान र स्वास्थ्य सचेतनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानमा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालका दक्ष चिकित्सक तथा मेडिकल स्टाफहरूले प्रत्यक्ष सेवा प्रदान गरेका थिए।
यस अवसरमा, स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्याउने क्लब हिमालयन टाइगर लाई विशेष धन्यवाद व्यक्त गर्दछौं।