Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर जनचेतना कार्यक्रम (वडा नं. ८ र ९)

    निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर जनचेतना कार्यक्रम (वडा नं. ८ र ९)

    हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड!

    "हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड" भन्ने मूल नाराका साथ बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिर्तामोड नगरपालिकाको संयुक्त सहकार्यमा बिर्तामोड नगरपालिकाका सबै १० वटै वडाहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सुरू गरिएको कार्यक्रम अन्तर्गत बिर्तामोड वडा नं. ८ र ९ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर जनचेतना कार्यक्रमसँगै सम्पूर्ण वडाहरूमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    शिविरमा सेवाग्राहीहरूले विभिन्न विभागका विशेषज्ञ चिकित्सक तथा दक्ष मेडिकल स्टाफबाट परामर्श, परीक्षण र आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

    नगरवासीहरूमा रोग सम्बन्धी जानकारी, प्रारम्भिक पहिचान तथा निःशुल्क स्वास्थ्य पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमअन्तर्गत बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरूले प्रत्यक्ष सेवा प्रदान गरेका थिए।

    यस अवसरमा, स्वास्थ्य शिविरमा सेवा लिएका सबै सेवाग्राहीहरूलाई शिविरको मितिबाट एक महिनाभित्र अस्पतालमा सेवा लिन आउँदा विशेष छुटको व्यवस्था समेत गरिएको छ।