बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल र कचनकवल गाउँपालिका वडा नं. ६ स्थित कचनकवल प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा कचनकवल–६, बनियानीमा आयोजित निःशुल्क प्रसूति, स्त्रीरोग र छालासम्बन्धी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट जम्मा ११३ जनाले सेवा प्राप्त गरेका थिए। तीमध्ये ३५ जनाले स्त्रीरोग सम्बन्धी, ९ जनाले प्रसूति सम्बन्धी र ६९ जनाले छालासम्बन्धी स्वास्थ्य परामर्श सेवा प्राप्त गरे। साथै, शिविरमा १४ जनामा VIA परीक्षण पनि गरिएको थियो।